रौतहटका थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग

रौतहट । रौतहटका थप ५ वटा पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । रौतहटका जनप्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै बाढीले प्रभावित थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।
गौर नगरपालिकाको मेयर शम्भु साह, माधवनारायणका मेयर बैजुप्रसाद यादव, इशनाथकी मेयर कौशल्या देवी सिनहा, बौधीमाईका मेयर प्रदीप यादव र यमुनामाई गाउँपालिका अध्यक्ष महम्मद सउदले बागमती, लाल बकैया नदीलगायत नदी खोलामा आएको बाढीले जिल्लाको अधिकांश भूभाग डुबानमा परेर ठुलो क्षति भएको भन्दै राहतको समेत माग गरेका छन् ।
बाढी पश्चात गत असोज २१ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पीडित किसान, व्यापारी र स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने माग गरिएको थिए ।
तर उक्त मागलाई बेवास्ता गरेका कारण बाध्य भएर पाँच पालिकालाई बाढी प्रभावित पालिका घोषणा गर्न दोस्रो पटक ज्ञापनपत्र बुझाइएको गौर नगरपालिका मेयर शम्भु साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित