आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रौतहटका थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग

आइतबार, ०४ कात्तिक २०८१, १९ : २७
आइतबार, ०४ कात्तिक २०८१

रौतहट । रौतहटका थप ५ वटा पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । रौतहटका जनप्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै बाढीले प्रभावित थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग गरेका हुन् । 

गौर नगरपालिकाको मेयर शम्भु साह, माधवनारायणका मेयर बैजुप्रसाद यादव, इशनाथकी मेयर कौशल्या देवी सिनहा, बौधीमाईका मेयर प्रदीप यादव र यमुनामाई गाउँपालिका अध्यक्ष महम्मद सउदले  बागमती, लाल बकैया नदीलगायत नदी खोलामा आएको बाढीले जिल्लाको अधिकांश भूभाग डुबानमा परेर ठुलो क्षति भएको भन्दै राहतको समेत माग गरेका छन् । 

बाढी पश्चात गत असोज २१ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पीडित किसान, व्यापारी र स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने माग गरिएको थिए । 

तर उक्त मागलाई बेवास्ता गरेका कारण बाध्य भएर पाँच पालिकालाई  बाढी प्रभावित पालिका घोषणा गर्न दोस्रो पटक ज्ञापनपत्र बुझाइएको गौर नगरपालिका मेयर शम्भु साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप