योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताएका छन् ।
लोकवार्ता परिषद् नेपालद्वारा आयोजित १३ औँ सङ्गोष्ठी अन्तर्गत दुल्लु नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ भन्ने अभियान चलाउनुपर्ने बताए । योगी नरहरिनाथले लोकसाहित्य र जडीबुटीको खोजीमा गरेको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने उनले धारणा राखे ।
कर्णालीमा गरिने सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रलाई प्रकाशनमा ल्याई इतिहासको प्रचार गर्न उनले आग्रह गरे।
उनले ‘जुम्ला हाट दुल्लु विराट’ भन्ने युक्तिका बारेमा खोजी र लेखमा जीवन्त दिन आग्रह गरे ।
लोकवार्ता परिषद्का अध्यक्ष कर्णालीको कला, संस्कृति, सभ्यता र परम्परालाई अक्षरमा उतार्दै जीवन्तता दिने अभियानका रूपमा सङ्गोष्ठी अभियान गरिएको जानकारी दिए ।
नगरप्रमुख भरत रिजालले लोक साहित्यको क्षेत्रमा दुल्लुको योगदान भएपनि विद्वान व्यक्तिहरूबाट दुल्लुको इतिहास लेख्ने क्रममा अन्याय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने