शिक्षामन्त्री भट्टराईले गरिन् बाढीबाट क्षतिग्रस्त विद्यालयको स्थलगत निरीक्षण

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढीले क्षतिग्रस्त विद्यालयको निरीक्षण गरेकी छन् ।
गत असोज ११ र १२ गते धेरै वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त ललितपुरका विद्यालयको उनले स्थलगत निरीक्षण गरेकी हुन् ।
विभिन्न ४ विद्यालयमा पुगेर क्षतिको अवस्थाबारे उनले बुझेकी हुन् । कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, बागेश्वरी आधारभूत विद्यालय र महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको उनले निरीक्षण गरेकी हुन् ।
स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भई आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।
पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने उल्लेख गर्दै उनले यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताइन् ।
अवलोकनका क्रममा मन्त्री भट्टराईसँगै उक्त निर्वाचन क्षेत्रका प्रतिनिधि सांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बागमती प्रदेश सभाका सांसद, सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लगायतको संलग्नता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु