सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
मोबाइलको लत

‘मोबाइलको प्रयोगले सामाजिक सम्बन्ध कमजोर भएको छ’

आइतबार, ०४ कात्तिक २०८१, १८ : ५०
आइतबार, ०४ कात्तिक २०८१

व्यक्तिले निरन्तर अन्तरक्रिया गर्न खोज्छ, यो व्यक्तिको स्वभाव हो । अन्तरक्रियामार्फत व्यक्तिले सामाजिक सम्बन्ध बनाउँछ र कतिपय आवश्यकता पूर्ति गर्छ । यो प्रक्रिया सधैँ चलिरहन्छ, तर त्यो अन्तरक्रिया कस्तो खालको हुने भन्ने सामाजिक व्यवस्था र सामाजिक संरचनासँग जोडिएको छ । 

हिजोका दिनमा व्यक्ति–व्यक्तिबिच प्रत्यक्ष अन्तरक्रिया थियो, पछिल्लो समय सूचना र प्रविधिका माध्यमबाट मानिसबिच अन्तरक्रिया हुन थालेका छन् । प्रविधि विकास भएपछि रेडियो, टीभी, मोबाइल लगायत आए । अहिले आएर मोबाइल (स्मार्टफोन) अपरिहार्य भइसकेको छ । 

पहिले व्यक्तिबिच प्रत्यक्ष र भावनात्मक अन्तरक्रिया हुन्थे । अहिले अन्तरक्रियाको माध्यम साँगुरिएको छ । विभिन्न उपकरण वा माध्यमबाट मानिसले अन्तरक्रिया गर्छन् । सामाजिक सम्बन्धको प्रकृति अहिले फेरिएको छ । पहिले व्यक्तिका माध्यमबाट अलि फराकिलो सञ्चार हुन्थ्यो; परिवारबाट छिमेकमा, छिमेकबाट साथीभाइ हुँदै समाजभर नै सूचना फैलिन्थ्यो । 

पहिले व्यक्तिका माध्यमबाट अलि फराकिलो सञ्चार हुन्थ्यो; परिवारबाट छिमेकमा, छिमेकबाट साथीभाइ हुँदै समाजभर नै सूचना फैलिन्थ्यो । पहिले अनौपचारिक रूपमा, आत्मीयतापूर्वक जेजति अन्तरक्रिया हुन्थे, अहिले त्यस्ता अन्तरक्रिया औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् ।


पहिले अनौपचारिक रूपमा, आत्मीयतापूर्वक जेजति अन्तरक्रिया हुन्थे, अहिले त्यस्ता अन्तरक्रिया औपचारिकतामा मात्रै सीमित हुन थालेका छन् । पहिले सामाजिक संरचना र सामाजिक सम्बन्ध बलियो हुन्थ्यो, अचेल मानिसमा त्यो भावनात्मक सम्बन्ध हराएको छ । छिमेकी वा साथीभाइको त कुरै छाडौँ, परिवारका सदस्यसँगै राम्रोसँग कुरा नहुने अवस्था आएको छ । घर–परिवारमै बस्दा पनि मानिस मोबाइलमा भुलिरहेको देखिन्छ । यसरी सामाजिक सम्बन्धको प्रकृति परिवर्तन हुँदै गएको छ । 

मोबाइलको प्रयोगले पारिवारिक, साथीभाइ र समाजको सम्बन्धलाई कमजोर बनाएको छ । यो एक किसिमको नकारात्मक पक्ष हो । 

स्मार्ट फोनका सकारात्मक पक्ष छन् । यसले मानिससँग क्षणभरमै कुरा गर्न, विश्वका घटना थाहा पाउन सहयोग गर्छ । ज्ञानको दायरा बढाउन पनि सहयोगी छ । तर यसको प्रयोग कति र कसरी गर्ने भन्ने प्रधान हो । 

आधुनिक समाज भनेको व्यक्तिवादी समाज हो । यसले आम्दानी, सीप, कमाइ, व्यक्तिको उन्नत जीवनमा जोड दिएको देखिन्छ । यो पँुजीवादी समाजको विशेषता हो । त्यसकारण प्रविधि र पुँजीको प्रयोग हुने जुन समाज छ, त्यो समाजको विशेषता हेर्‍यो भने अहिले मान्छेले ठिकै गरेको देखिन्छ । किनभने उसलाई जे आवश्यक छ, त्यो आवश्यकता उसले मोबाइल अथवा सामाजिक सञ्जालमार्फत पूरा गरेको छ । नयाँ पुस्ताले मोबाइल र प्रविधिको सहायताले संसारसँग पहुँच बढाएका छन् । यो राम्रो र महत्त्वपूर्ण पाटो हो । उनीहरूले स्मार्टफोनबाटै केही सिकिरहेका छन् । 

मोबाइलको प्रयोगविना अबको समाज परिकल्पना गर्न सम्भव देखिँदैन, तर हामीले कसरी प्रयोग गर्ने भन्ने विषय व्यक्तिपिच्छे फरक हुन सक्छ । त्यसकारण आफूले मोबाइल प्रयोग गर्दा के–कस्ता विषय आफ्ना लागि उपयोगी हुन्छन्, त्यस्ता विषय छनोेट गर्न सक्नुपर्छ । मोबाइल प्रयोग गर्दा समय अवधि तय गर्नुपर्छ । 

(गौतम त्रिविको समाजशास्त्र केन्द्रीय विभागमा उपप्राध्यापक छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. टीकाराम गौतम
डा. टीकाराम गौतम
लेखकबाट थप