सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

आइतबार, ०४ कात्तिक २०८१, १८ : ४२
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुनेगरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने जनाएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र यातायात व्यवसायी राष्ट्रिय महासंघबिच स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो जिल्लामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा भाडा नलाग्ने समझदारी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।  

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप