अमेरिकी राष्ट्रपति निर्वाचन : एक मतदातालाई १० लाख डलर दिने एलन मस्कको घोषणा

वासिङ्टन डीसी । अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक जना मतदाताले १० लाख डलर जित्ने मौका दिने वाचा गरेका छन् ।
यसका लागि उनले सर्त पनि तोकेका छन् । अमेरिकी संविधानलाई समर्थन गर्ने आफ्नो याचिकाका लागि चलिरहेको हस्ताक्षर अभियानमा सहभागी हुने कुनै एक अमेरिकी मतदाताले १० लाख डलर पुरस्कार पाउने बताएका छन् । यो अभियान चुनावको दिन अर्थात् नोभेम्बर पाँचसम्म रहनेछ । त्यो दिनसम्म हरेक दिन एक जना मतदातालाई १० लाख डलर दिइने बताइएको छ ।
चाखलाग्दो कुरा के छ भने शनिवार यो घोषणासँगै मस्कले आफ्नो याचिकाको समर्थनमा हस्ताक्षर गर्ने एक मतदातालाई १० लाख डलरको चेक पनि हस्तान्तरण गरेका थिए । ती व्यक्ति ट्रम्पको समर्थनमा पेन्सिलभेनियामा मस्कले आयोजना गरेको र्यालीमा सहभागी भएका थिए । मस्कको याचिकालाई समर्थन गरेपछि पहिलो दिन जोन ड्रेहर नामक व्यक्तिलाई मिलियन डलर पुरस्कार घोषणा गरिएको थियो ।
यो चुनावमा मस्क डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउन मरिहत्ते गरेर लागिरहेका छन् । ट्रम्पलाई जिताउन उनले अमेरिका पीएसी नामक संस्था खोलेका थिए । यो संस्थाले डेमोक्रेट र रिपब्लिकन पार्टीबिच टक्कर रहेका राज्यहरूमा दर्ता भएका मतदाताहरूलाई आफूसँगै ल्याउने प्रयास गरिरहेको छ । तर, यो काम त्यति सहज भने छैन ।
ट्रम्पको चुनावी अभियानलाई सात करोड डलरभन्दा बढीको दान
एलन मस्क रिपब्लिकन पार्टीको राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको कट्टर समर्थकको रूपमा देखा परेका छन् । ट्रम्पलाई दोहोर्याएर व्हाइट हाउसमा फर्काउन मस्कले ट्रम्पको चुनाव प्रचार प्रसार समितिलाई ७ करोड ५० लाख डलर दान दिइसकेका छन् । योसँगै यस पटकको चुनावमा मस्क सबैभन्दा ठुला दातामध्ये एक बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल
-
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही