अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
आइतबार, ०४ कात्तिक २०८१, १५ : ०६
काठमाडौँ । अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ ।
अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन् ।
मन्त्री पौडेलले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।