बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त
![बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त](https://npcdn.ratopati.com/media/news/bagamati-laksewa_EkiuCycPsw.jpg)
हेटौँडा । बागमती प्रदेश लोकसेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन् । लामो समयसम्म रिक्त रहेको आयोगको अध्यक्षमा प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो ।
बागमती प्रदेश प्रमुख कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराएको हो ।
श्रेष्ठलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा नेतृत्वमा विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख रहेको सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको थियो । प्रदेश लोक सेवा अयोग ऐन २०७६ अनुसार सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री सहित विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख सदस्य रहने व्यवस्था छ ।
नवलपरासीको विनयी गाउँपालिका वडा नम्बर १ का श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत रहेका थिए । उनको शपथ ग्रहण कार्यक्रम भोली सोमबार हुने जनाइएको छ ।
यसअघि प्रदेश लोकसेवा आयोगका एक जना सदस्य सुर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । उनले आफूभन्दा कनिष्ठ व्यक्तिलाई प्रदेश सरकारले आयोगको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । ढकालले प्रदेश प्रमुख समक्ष शुक्रवार नै राजीनामा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते