विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट

काठमाडौँ । विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट गरिएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले विमल गुरुङ कृति पुरस्कार २०८० का लागि १० कृतिहरू छनौट गरेको हो । छनौटमा परेकामध्ये एकलाई नगद २ लाख रुपैयाँ र ताम्रपत्रसहित २०८० को विमल गुरुङ कृति पुरस्कार समर्पण गरिने पुस्तकालयले जनाएको छ ।
पुरस्कारका लागि नेपाल र भारतमा प्रकाशित नेपाली भाषाका १०१ पुस्तकहरू प्राप्त भएकोमा १० कृतिहरू छनौट गरिएको जनाइएको छ ।
यस्तै राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको पनि पुस्तकालयले जनाएको छ । छनौटमा परेका मध्ये उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिने जनाइएको छ ।
विमल गुरुङ कृति पुरस्कार २०८० र कवितामा विजयी उत्कृष्ट तीन जनालाई यही कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती तथा ३३ औँ राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने पुस्तकालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात