आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास

आइतबार, ०४ कात्तिक २०८१, १४ : ४१
आइतबार, ०४ कात्तिक २०८१

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी नदीको किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास गरेका छन् । उनले आइतबार एक कार्यक्रमका बिच सुर्खेतको गुर्भाकोट नगपालिका–१२, शुभाघाट भेरीगंगा उपत्यकामा   बन्ने आधुनिक सहर आयोजनाको भवनको शिलान्यास गरेका हुन् । 

खड्काले शिलान्यास पश्चात् भेरीगंगामा आधुनिक सहरले पूर्ण आकार लिन अझै २५ वर्ष लाग्ने बताए ।

करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको आधुनिक नयाँ सहर आयोजना नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये सबैभन्दा ठुलो भूगोल छ । 

खड्काले विभिन्न कारणले मुलुकको अर्थतन्त्र दयनीय रहेको बताउँदै ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको बताए । जसका कारण विकासका काममा केही समस्या भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप