आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि पक्राउविरुद्ध  रास्वपाले ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउने

आइतबार, ०४ कात्तिक २०८१, १४ : २३
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ । सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको रास्वपाका सहमहामन्त्री कवीन्द्रप्रसाद बुर्लाकोटीले जानकारी दिए । 

‘हामी न्यायी प्रक्रियामा सघाउन तयार छौँ । तर सरकारले हाम्रा सभापति रविमाथि जसरी राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको छ, त्यसकाविरूद्ध ७७ वटै जिल्लाका साथीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ’, आइतबार रातोपाटीसँग बुर्लाकोटीले भने, ‘सभापतिलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । प्रक्रिया हेरेर पार्टीले थप कार्यक्रम ल्याउँछ । अहिले साथीहरूले जहाँ जहाँबाट शान्तिपूर्ण आन्दोलन गरिरहनुभएको जारी  रहन्छ । भ्रष्टाचारीहरूको सरकार अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ ।’

सहकारी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेसका उपसभापति धनराज गुरुङलाई छानबिनको दायरामा नल्याएकोमा उनले आक्रोश पोखे । विभिन्न जिल्लाबाट पोखरामा नेता तथा कार्यकर्ता, शुभेच्छुक व्यक्तिहरू पोखरा आउनेक्रम जारी रहेको उनले  बताए ।

यद्यपि पार्टीको निर्देशनमा नभई स्वतःस्फूर्त रूपमा आएको बुर्लाकोटीले दाबी गरे । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । उनीमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि रविलाई कास्की जिल्ला अदालतमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप