राजस्व संकलन बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन बढाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिएका हुन् ।
यसका लागि अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने उनको भनाइ छ । उनले भने, ‘थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुनेछ ।’
राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘राजस्व वृद्धि गर्नुपर्ने आवश्यकता छ । यसका लागि वातावरण जरुरी भएकाले हामी त्यसमा बढी केन्द्रित हुनेछौँ ।’
बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड
-
‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि