शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले किन भने-‘सी जिनपिङलाई थाहा छ म पागल छु’ ?

आइतबार, ०४ कात्तिक २०८१, १२ : ३०
आइतबार, ०४ कात्तिक २०८१

वासिङटन डीसी । आफू फेरि अमेरिकी राष्ट्रपति बने भने चीनले अमेरिकामाथि आक्रमण गर्ने साहस नदेखाउने पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ‘चिनियाँ राष्ट्रपति सी जिनपिङलाई रिपब्लिकनहरू जोसिला हुन्छन् भन्ने थाहा छ ।’ वाल स्ट्रिट जर्नलको सम्पादकीय बोर्डसँग कुराकानीमा ट्रम्पले भने । 

‘यदि म नोभेम्बरमा राष्ट्रपति बने र त्यसपछि चीनले ताइवानलाई घेर्ने कोसिस गर्‍यो भने म चीनमाथि भारी कर लगाउनेछु ।’ वाल स्ट्रिट जर्नलको सम्पादकीय बोर्डसँग कुरा गर्दै उनले भनेका छन् ।

चीनमाथि १५० देखि २०० प्रतिशतसम्म कर लगाउने ट्रम्पले बताएका छन् । ‘मेरो नयाँ कार्यकालमा अमेरिकाको कुनै पनि शत्रु अमेरिकी हितको विरुद्ध जानेछैन । किनकि उनीहरूलाई कठोर र अप्रत्याशित प्रतिक्रियाको डर हुनेछ ।’ आफ्नो चुनावी प्रचार  प्रसार अभियानका क्रममा ट्रम्पले भनेका थिए । अझ अगाडि उनले भने, ‘ताइवानको नाकाबन्दी रोक्न हामीले सैन्य बल प्रयोग गर्नुपर्दैन । किनकि सी जिनपिङले मलाई सम्मान गर्छन् अनि म पागल छु भन्ने कुरा उनलाई थाहा पनि छ ।’

कुराकानीका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्धबारे पनि कुरा गरे । विगतमा पुटिनको प्रशंसा गरेपछि ट्रम्पको आलोचना भएको थियो । युक्रेनमा हमला गरेको विषयमा चाँहि आफूले पुटिनलाई धम्की दिएको उनले बताए । ‘म मस्कोको केन्द्रमा आक्रमण गर्नेछु । मैले भने कि हामी साथी हौं । म त्यो गर्न चाहन्न तर मसँग कुनै विकल्प छैन ।’ ट्रम्पले पुटिनलाई भनेको बताए ।  यसको जवाफमा पुटिनले ‘यस्तो हुन सक्दैन’ भनेका थिए । तर आफूले बिलकुल यस्तै हुने बताएको उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप