आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

प्युठानमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

आइतबार, ०४ कात्तिक २०८१, १२ : १०
आइतबार, ०४ कात्तिक २०८१

प्युठान । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले चालक श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप