पञ्चकन्या स्टिलले पायो ग्रिनप्रो प्रमाणपत्र
काठमाडौँ । पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिलको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सी.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।
नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ ।
असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरे ।
पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि समेत भएको कम्पनीको भनाइ छ ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने जनाइएको छ भने यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन