मुजफ्फरपुरको एक विद्यालयमा विद्यार्थीबिचको झगडा हुँदा एक विद्यार्थीको मृत्यु
आइतबार, ०४ कात्तिक २०८१, ११ : २७

बिहार । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लाको एक उच्च विद्यालयमा विद्यार्थीहरूको दुई समूहबिच झगडा हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै मुजफ्फरपुर ग्रामीण पुलिस अधिक्षक विद्यासागरले समाचार एजेन्सी पीटीआईलाई भने– ‘यो तुरकी हाई स्कुलको मामिला हो । यहाँ कक्षा ११ मा पढ्ने दुई केटाहरूबिच झगडा भएको थियो ।’
‘यो झगडा कक्षाभित्रै भइरहेको थियो । एकातिर मृतक सौरभकुमार र उनका साथीहरू थिए’ जिल्लाका एसपीले भने । झगडाको अर्कोतर्फ उनका साथी प्रह्लाद कुमार भएको र झगडाको क्रममा ओमप्रकाश कुमारले सौरभ कुमारलाई बाँसले हानेको बताइएको छ ।
यसक्रममा उनको टाउकोमा चोट लाग्यो र पछि उनको मृत्यु भयो । दुवैबिच सानातिना कुरालाई लिएर झगडा भएको थियो । दुवै पक्षले कुटपिटको मुद्दामा एफआइआर दायर गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामीले टाउको उठाउनुको मुख्य जड ओली सरकार होः प्रचण्ड
-
जयनगर–बर्दिबास रेल्वे: मुआब्जा पाउने आशमा जग्गाधनी
-
मार्क जुकरबर्गको मेटाले ल्यायो नयाँ एआई मोडल
-
जनआन्दोलन दिवसका अवसरमा आजपाको र्याली, तस्बिरहरू
-
अमेरिका र यूरोपबिच अब कहिले होला ‘जिरो ट्यारिफ’ ?
-
लागूऔषधसहित पक्राउ परेका क्यानडा क्रिकेट टोलीका कप्तान जमानतमा रिहा