आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

आलसको दाना : अनुहारको चमक बढाउनदेखि बुढ्यौलीको सङ्केत कम गर्नसम्म

आइतबार, ०४ कात्तिक २०८१, ११ : १६
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । आलसलाई हामी अचारमा छोपको रूपमा प्रयोग गर्छौँ । यसमा शरीरका लागि फाइदाजनक अनेकौँ पोषक तत्त्व पाइन्छ । यसमा एन्टिफङ्गल गुण र एन्टिअक्सिडेनट पनि भरपुर मात्रामा पाइन्छ । यो छालाका लागि निकै लाभदायक हुन्छ । यसमा निकै मात्रामा ओमेगा ३ फ्याक्टी एसिड पनि पाइन्छ । जुन शरीर, छाला र कपालका लागि निकै राम्रो हुन्छ । कसै कसैले यसलाई सुपरफुड पनि भन्छन् । यो महिलाका लागि निकै फाइदाजनक मानिन्छ ।

किन यति गुणकारी छ आलसको दाना ?

आलसको दाना कोलेस्ट्रोल, मुटु र मधुमेह जस्ता रोगमा निकै लाभदायक हुन्छ । हर्मोनल परिवर्तनबाट गुज्रिरहेका महिलाका लागि पनि यो फाइदाजनक हुन्छ । आयुर्वेदमा आलसलाई महत्त्वपूर्ण दर्जा दिइएको छ । तपाईंलाई यो कुरा थाहा नहुन पनि सक्छ । तर आलसको दानामा आलसको तेलमा भन्दा कयौँ धेरै फाइदा पाइन्छ । अधिक मात्रामा आलसको दाना सेवन गर्दा भने पेट फुल्ने, पखाला लाग्ने, एसिडिटी जस्ता समस्या निम्तिन सक्छ । त्यसैले यसको सेवन ठिक्क मात्रामा मात्रै गर्नु पर्छ ।

छालाको लागि वरदान

आलसको दाना छालाको लागि पनि निकै लाभदायक हुन्छ । यसमा भिटामिन ई, म्याग्नेसियम र सल्यूबल फाइबर हुन्छ । जसले छालालाई डिटक्सिफाई गर्छ । यसमा पाइने पोषक तत्त्व शरीरमा हानिकारक फ्रि -याडिकलसँग लड्छ अनि बुढ्यौलीलाई सुस्त बनाउँछ ।

कम गर्छ मधुमेहको प्रभाव

आलसमा प्रचुर मात्रामा फाइबर पाइन्छ । यसमा हेल्दी फ्याट पाइन्छ । जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । आलसमा एन्टी डाइबेटिक तत्त्व पाइन्छ । यसबाट शरीरमा इन्सुलिनको अनुपात सहजै सन्तुलित राख्न सकिन्छ ।

मुटुलाई राख्छ स्वस्थ

आलसमा ओमेगा ३ फ्याक्टी एसिड पाइनछ । यसबाट शरीरलाई एक वा दुई वटा मात्रै होइन अनेकौँ फाइदा मिल्छ । यसले हाम्रो मुटुलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसको सेवनबाट खराब कोलेस्ट्रोल रोक्नबाट सजिलै रोक्न सकिन्छ । यसका कारण रक्त सञ्चार पनि नियमित हुन थाल्छ । आलसलाई भुटेर वा नभुटीकन, सिङ्गै वा पिसेर अनेक तवरले खान सकिन्छ । तरकारी पकाउन आलसको तेल पनि चलाउन सक्नु हुन्छ ।

अस्वीकरण (Disclaimer): यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एक पटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप