जुवा खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ
आइतबार, ०४ कात्तिक २०८१, १० : ३९

काठमाडौँ । प्रहरीले भक्तपुरमा सञ्चालित जुवा खालमा छापा मारेर ५ जनालाई पक्राउ गरेको छ । सुर्यबिनायक नगरपालिका–८ बाट प्याचा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
काठको गट्टा बनाएर हारजित हुनेगरी प्याचा खेल्ने गरिन्छ । जुवा खालबाट प्रहरीले ३ लाख ५६ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका निदेश दाहाल, भक्तपुरको मध्यपुर थिमी बस्ने शिवराम श्रेष्ठ, राजु नकर्मी, उमेश श्रेष्ठ र पदम श्रेष्ठ छन् ।
आरोपीहरुले सुर्यबिनायकको गणेश मन्दिर नजिकै प्याचा खेलेका हुन् । आरोपीहरु बिरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको डीएसपी नेउपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
-
जापानलाई उछिनेर क्यालिफोनिर्या बन्यो चौथो ठुलो अर्थतन्त्र
-
प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
-
वार्ता चाहेको हो भने ट्यारिफ रद्द गर: चीन
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण