माओवादीको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।
अध्यक्ष प्रचण्डले केन्द्रीय पदाधिकारी, स्थायी समिति, प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकको रायसुझावका आधारमा दसैँ र तिहारबिच केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका थिए । अब छठपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने सचिव दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए ।
‘अध्यक्ष जिल्ला दौडाहामा हुनुहुन्छ । अन्य साथीहरू पनि जिल्ला–जिल्लामा व्यस्त हुनुहुन्छ । छठ पर्वपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने भन्नुभएको छ । आवश्यक परे पदाधिकारी बैठक बस्छ’, शर्माले भने ।
केन्द्रीय समिति बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुको साथै नेताहरूको कार्यविभाजन, समाजवादी आन्दोलनको कार्यक्रम तय गर्ने माओवादी केन्द्रको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन