आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

आइतबार, ०४ कात्तिक २०८१, १० : ३०
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । 

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप