आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
तिहार

मन फुलेर मखमली, तस्बिरहरू

आइतबार, ०४ कात्तिक २०८१, ०९ : ३१
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । भक्तपुरको गुण्डुमा अहिले मखमली फूल टिप्न र माला गाँस्न कृषकहरू व्यस्त छन् । तिहारको समयमा अत्यधिक माग हुने र काठमाडौँ उपत्यकामा खपत हुने मखमली गुण्डुकै उत्पादन हुने भएकाले पनि कृषकको व्यस्तता बढेको छ ।

makhamali flower (1)

तिहार आउन अझै करिब २ हप्ता बाँकी रहँदा कृषकहरू आफ्नो बारीको फूल टिपेर बेच्न लैजाने र माला तयार गर्ने काममा व्यस्त भएका छन् । 

makhamali flower (2)

‘बिहान घाम उदाएसँगै हामी बारीमा आइसक्छौँ । खाना खाने बेलासम्म फूल टिप्छौँ अनि त्यसपछि दिउँसो माला गाँस्ने काम सुरु गर्छौँ । दिउँसो घाम लागेपछि फूल टिप्न हुन्न त्यसैले बिहानै टिप्छौँ,’ एक कृषक सुनिलले भने ।

makhamali flower (3)

मखमलीको केन्द्रको रूपमा रहेको गुण्डुमा जेठदेखि नै बेर्ना सार्ने गरिन्छ । भदौदेखि कात्तिकसम्मै मखमली फुलेर टिप्न योग्य भइसक्ने कृषकहरू बताउँछन् । एक सिजनमा कृषकहरूले एक रोपनी जग्गाबाट करिब एक लाखसम्म आम्दानी हुन्छ । 

makhamali flower (4)

‘एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला बनाउन सकिन्छ । पाथीको हिसाबले पनि फूल बेचिन्छ । थोकमा एउटा मालाको २५ रुपैयाँमा मात्रै बेच्दा पनि एक लाख आम्दानी हुन्छ,’ गुण्डुमा मखमली टिप्दै गरेकी सुनिता थोकरले भनिन् ।

makhamali flower (5)makhamali flower (6)makhamali flower (7)makhamali flower (8)makhamali flower (9)makhamali flower (10)makhamali flower (11)makhamali flower (12)makhamali flower (13)makhamali flower (14)makhamali flower (15)makhamali flower (16)makhamali flower (17)makhamali flower (18)makhamali flower (19)makhamali flower (20)makhamali flower (21)makhamali flower (22)makhamali flower (23)makhamali flower (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप