आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

रानाथारु समाजको अध्यक्षमा कमलसिंह राना निर्वाचित

आइतबार, ०४ कात्तिक २०८१, ०८ : १२
आइतबार, ०४ कात्तिक २०८१

धनगढी । रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमल सिंह राना निर्वाचित भएका छन् । कैलालीको धनगढीमा सम्पन्न सातौँ महाधिवेशनबाट कमलसिंह राना सर्वाधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यस्तै, उपाध्यक्षमा कन्दकला राना र डिठ्ठा राना निर्वाचित भएका छन् । भने महासचिवमा तीर्थराज राना निर्वाचित भएका हुन् । सचिवमा भजना राना र साहेब राना निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने, चन्द्रकिरण राना निर्वाचित भएकी छिन् । 

सदस्यमा आलेश राना, गोदावरी राना, दानसिंह राना, रमिता राना बडायक, लालमनि राना, शिवचरण राना, सरिता राना र सामु राना निर्वाचित भएका हुन् ।

आदिवासी जनजातिमा सूचीकृत रानाथारु समुदायको बसोबास सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको छ ।

12

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप