आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

कुन राशिका लागि यो साता कस्तो ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, ०४ कात्तिक २०८१, ०७ : ५२
आइतबार, ०४ कात्तिक २०८१

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहीबार बिहान सम्मको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा छोटो दुरीको यात्रा हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति राख्न पाउँदा मन प्रसन्न हुनेछ । खेलकुद तथा साहस क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा प्रगति गर्न सकिनेछ । प्रणय सम्बन्धमा रहनेहरूका लागी समय उत्तम रहेको छ । बिहीबार मध्यान्हबाट राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । खाद्यान्न, पहिरन तथा बिलासी बस्तुको व्यापारमा उल्लेख्य आम्दानी हुनेछ । ईमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । शेयर बजार तथा वित्तिय क्षेत्रमा यो साता गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । कर्म प्राप्तिको सवालमा परिवारबाट ठाडिएर लामो दुरीको यात्राको तय हुनेछ । दाहिने आँखा तथा मुटुको समस्या हुनेहरूले यो साता विशेष ख्याल गर्नुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सोमबार साँझसम्मको समय मध्यम रहेकोले आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखा तथा पेट सम्बन्धी समस्या हुनेहरूले ख्याल गर्नुहोला । सोमबार साँझबाट समय राम्रो रहेकोले  अध्ययनमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ति तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिकर्मी तथा शैक्षिक क्षेत्रमा लाग्नेहरूका लागी समय उत्तम रहेको छ भने नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पुराना कमीकमजोरीहरू सुधार्दै जीवन शैलीमा परिवर्तन गर्न सकिनेछ । बैक तथा वित्तीय र शेयर बजारबाट मनग्गे लाभ लिन सकिनछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तरल पदार्थ तथा हाईड्रोको लगानीबाट भनेजस्तो नाफा आर्जन हुनेछ । राजनीतिकर्मी, ठेकेदार तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्नेहरूका लागी समय उत्तम रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो टाउको भ्रमण हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी यात्राको अवसर जुर्नेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । ओभर कन्फिडेन्सले नतिजा शून्य जस्तै हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । कृषि,पशुपालन, प्राकृतिक स्रोत साधनको प्रयोग तथा पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो टाउको भ्रमण हुनेछ । बिहीबारबाट समय मध्यम रहेकोले आम्दानीभन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । शरीरमा क्याल्सियमको कमी तथा देब्रे आँखा र बोनमा समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साता उत्तम रहेकोले लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । लामो दुरीको साङ्गीतिक, शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने ग्रहयोग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सोमबार साँझसम्मको समय मध्यम रहेकोले झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । सोमबार साँझबाट राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको  सुरु र अन्तको समय राम्रो रहेकोले गरगहना, पहिरन, कस्मेटिक्स तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ । होटल तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । शैक्षिक तथा धार्मिक यात्राको बलियो सम्भावना रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले खानपान तथा मोषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी बहन नगर्नु नै ठिक हुनेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो टाउको भ्रमण हुनेछ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । मनोरञ्जन, खानपान तथा किनमेलमा समय व्यातित हुनेछ । बिहीबारबाट समय मध्यम रहेकोले व्यापारमा साझेदारहरू बिच मनमुटाब बढ्ने हुनाले संयम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । भौतिक तथा बिलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । कार्यक्षेत्रका राम्रा काम गर्दा  गर्दै अपजस बेहोर्नु पर्नेछ ।  

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । पहिरन, गरगहना, खाद्यान्न, बिलासी सानको र फिल्मी क्षेत्रको व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने योग रहेको छ । न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ । उपहारको रूपमा बिलासी सामान हातलागी हुने योग रहेको छ । मन परेको मानिससँग टाढाको यात्रामा निस्कन पाउँदा मन प्रसन्न हुनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आइतबार तथा सोमबारको समय मध्यम रहेकोले सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । आमा तथा आफन्तसँग मनमुटाब हुने योग रहेको छ । घर जग्गाको कारोबार गर्नेहरूका लागी काम नबन्नाले तनाव उत्पन्न हुनेछ । मंगलबारबाट सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाइनेछ । नाफा मूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जाँदा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयत्न गरेका कामहरू सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा सम्पादन हुनेछन् । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । खाद्यान्न, गरगहना, भाडाका सामान, बिलासी सामान तथा फिल्मी क्षेत्रको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति कर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तरपनि सवारी साधन चलाउँदा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनहोला । घरजग्गाको कारोबारमा उल्लेख्य गिरावट आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप