तीन अर्ब ५८ करोड राजस्व सङ्कलन
आइतबार, ०४ कात्तिक २०८१, ०७ : ३७
![तीन अर्ब ५८ करोड राजस्व सङ्कलन](https://npcdn.ratopati.com/media/news/mechi-bhansar_t9rMckU4i6.jpg)
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।
चालु आव २०८१–८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०–८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो ।
आव २०८०–८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१र८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत
-
शरीफुल नै थिए सैफलाई हमला गर्ने व्यक्ति
-
सांसदको प्रश्न : हेटौँडा सिमेन्ट उद्योग कहिले सञ्चालन हुन्छ ?
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
-
आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग साउदको माग