आर्सनलको अपराजित यात्रामा पूर्णविराम, युनाइटेडको पुनरागमन

लण्डन । १० खेलाडीमा सीमित बनेको आर्सनल एफसी बोर्नेमाउथसँग २–० ले स्तब्ध बनेको छ । योसँगै प्रिमियर लिगमा टोलीको अपराजित यात्रामा पूर्ण विराम लागेको हो ।
खेलको ३० औँ मिनेटमा फ्रेन्च खेलाडी विलियम सालिबाले रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो । करियरमा उनको यो पहिलो रातो कार्ड पनि थियो ।
दोस्रो हाफको ७० औँ मिनेटमा रायन क्रिस्टीले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि गोलकिपर डेभिन रायाले इमानिल्सनलाई लडाएपछि बोर्नेमाउथले पेनाल्टी पायो जसलाई जस्टिन कुलाइभर्टले सजिलै गोलमा परिणत गरे ।
उता, शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै घरेलु मैदानमा ब्रेन्टफर्टलाई हराएको छ ।
पहिलो हाफको इन्जुरी समयमा इथन पिनोकको विवादास्पद गोलको मद्दतले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एलेहान्द्रो ग्रानाचोले प्रिमियर लिगमा टोलीको ३ सय १६ मिनेटको गोलको खडेरी अन्त्य गर्दै खेल बराबरी गरे ।
६२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रासमस होइलन्डले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए ।
यसैगरी, अन्य खेलमा टोटनह्याम हटस्पर्सले वेस्ट ह्याम युनाइटेडलाई ४–१ गोलले हरायो भने न्युक्यासल भने ब्राइटनसँग ०–१ गोलले स्तब्ध बन्यो । लेस्टर सिटीले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ ।
८ खेलपछि आर्सनल १७ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । स्पर्स १३ अङ्क बटुल्दै सातौँ स्थानमा छ भने ११ अङ्क रहेको युनाइटेड ११ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट