सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

कुशलको शानदार ब्याटिङ, नेपालद्वारा १ सय ७१ रनको लक्ष्य प्रस्तुत

आइतबार, ०४ कात्तिक २०८१, ०७ : २२
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । अमेरिकाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा नेपालले जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो ।

खेलमा कुशल भुर्तेलले शानदार अर्धशतक बनाए । उनले मात्र ५४ बलमा ९२ रन जोडे । यस क्रममा उनले ७ चौका र ६ छक्का प्रहार गरे ।

kushal bhurtel

त्यस्तै, अनिल साहले ३१ बलमा २५ बल जोडे । उनले २ चौका र १ छक्का  हिर्काए । गुल्सन झा १२ बलमा १९ रन जोड्दै आउट भए । उनले पनि २ चौका र १ छक्का प्रहार गरे ।

463868207_977312987758415_6964763047677144222_n

कप्तान रोहित पौडेलले १४ बलमा १८ रनको योगदान दिए । उनले २ चौका हिर्काए । दीपेन्द्र सिंह ऐरीले २ रन मात्र बनाउन सके भने ओपनर आसिफ शेख र आरिफ शेख मात्र १-१ रन बनाएर आउट भए ।

नेपालले शृङ्खलाको पहिलो खेल १७ रनले जितेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप