आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

केनको ह्याट्रिकमा बायर्नको जित

आइतबार, ०४ कात्तिक २०८१, ०७ : ०५
आइतबार, ०४ कात्तिक २०८१

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले स्टुटगार्टमाथि शानदार जित हात पारेको छ । शनिबार भएको बुन्डेस लिगा अन्तरगतको खेलमा बायर्न ४–० गोलले विजयी बन्यो ।

योसँगै सबै प्रतियोगितामा टोलीको तीन खेलको जीतविहीन शृङ्खला पनि अन्त्य भएको छ । टोलीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

५७ औँ मिनेटमा र ६० औँ मिनेटमा तीन मिनेटको अन्तरमा केनले दुई गोल गरेका थिए । ८० औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । खेलको अन्त्यमा किंग्सले कोमानले अर्को गोल थपेका थिए ।

शनिबार नै भएका अन्य खेलमा साबिक विजेता बायन लेभरकुजनले इनट्राक्ट फ्रांकफर्टलाई २–१ गोलले पराजित गरेको छ । त्यस्तै, आरबी लेइपजिगले माइन्जलाई २–० गोलले हरायो ।

७ खेलपछि बायर्न १७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लेइपजित समान अङ्क भए पनि दोस्रो स्थानमा छ । लेभरकुजन भने १४ अङ्कसहित चौथो स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप