आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आइतबार, ०४ कात्तिक २०८१, ०६ : २३
आइतबार, ०४ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक ४ गते । आइतबार । ईश्वी सन् २०२४ अक्टोबर २० तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–तृतीया, ११ घडी ४० पला, बिहान १० बजेर ४७ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–कृतिका, १८ घडी १ पला, दिउसो १ बजेर २० मिनेट उप्रान्त रोहिणी ।

योग–व्यातिपात,३४ घडी १३ पला, बेलुकी ७ बजेर ४८ मिनेट उप्रान्त वरियान । करण–भद्रा, बिहान १० बजेर ४७ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ५३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–वृष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २८ मिनेट । दिनमान २८ घडी २२ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०७ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ०८ मिनेटदेखि बिहान ७ बजेर ३२ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
बिहान ०८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १४ मिनेटदेखि दिउसो २ बजेर ३८ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३९ मिनेटदेखि बेलुकी ४ बजेर ३ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ४ मिनेटदेखि बेलुकी ७ बजेर ३ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ५ बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: स्राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३१ मिनेटदेखि बिहान ५ बजेर १९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरू गर्न सकिनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरू गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस गाजर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । खानपान तथा मनोरञ्जनमा केही समय खर्च हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । खानपान, यात्रा तथा मनोरञ्जनले स्वास्थ्यमा असर पर्न सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र वा मन्दिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भए पनि तपाईँकै कारणले टरेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस गाजर बढेर आउनेछ । मनोरञ्जन, खानपान तथा किनमेलमा केही समय व्यातित हुनेछ । व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ भने व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय गुजार्न पाउँदा मन खुसी हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाउने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस गाजर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायबाट सोचेजस्तो आम्दानी हुनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । उपहारको रूपमा महँगो सामान प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरूबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने गाजर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धी परास्त हुनेछन् ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप