आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान

आइतबार, ०४ कात्तिक २०८१, ०३ : ३०
आइतबार, ०४ कात्तिक २०८१

ढाका । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् । 

अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, 'अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम  पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।' 

'यो मेरो प्रारम्भिक अनुमान पनि हो,' विज्ञप्तिमा भनिएको छ। उनले भने, 'निर्वाचन महत्वपूर्ण नीतिगत निर्णय हो । यसको समय सरकारका प्रमुख सल्लाहकारको नेतृत्वमा तोकिनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सल्लाहकार (मन्त्री) डा. आसिफ नजरुलले भन्नुभयो, 'यो घोषणा गर्ने अधिकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र यसको सल्लाहाकारका हैसियतमा मेरो पनि हो।' 

नेतृ शेख हसिनाले गत अगष्ट ५ मा प्रधानमन्त्रीको पदबाट राजिनामा दिएपछि बंगलादेशमा राजनीतिक परिस्थिति तरल बनेको छ । गत अगस्ट ५ मा बंगलादेशबाट सैनिक विमानबाट भारत आएकी पूर्व प्रधानमन्त्री हसिना हाल भारतमा बस्दै आएकी छन् । 

सरकारी जागिरका लागि कोटा प्रणाली अन्त्यको माग गर्दै विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा तत्कालिन सरकारको दमनसँगै फैलिएको सरकार विरोधी प्रदर्शनले हसिनालाई देश नै छोडी विदेशमा शरण लिन बाध्य बनाएको छ । 

उहाँको राजिनामा आएको सैनिक प्रमुखले घोषणा गर्नुभएको थियो । त्यसपछि अन्तरिम सरकारको स्थापना भएको थियो। यस उथलपुथलको समयमा विशेष गरी हिन्दूलगायत अल्पङ्ख्यकहरूलाई लक्षित गरी हिंसा र अराजकताका धेरै घटनाहरू भएका थिएभने हसिना प्रशासन विरूद्ध हप्तौंदेखि चलेको प्रदर्शन र झडपमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए । अन्तरिम सरकारले देशको आन्तरिक सुरक्षा सुनिश्चित गर्न सेनाको शक्ति विस्तार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप