हमासका नेता मारिएपछि अब गाजामा युद्ध रोक्न विश्व समुदायको आह्वान

काठमाडौँ । इजरायल-हमास द्वन्द्वका कारण पछिल्लो एक वर्षमा ठूलो जनधनको क्षति भइसकेकोमा पछिल्लो पटक हमासका नेता याह्या सिनवार मारिएपछि अब युद्ध रोकिनु उपयुक्त हुने धारणाहरू आइरहेको छ ।
अन्य शक्तिशाली राष्ट्र र नेताहरूले सिनवार मारिएपछि गाजामा युद्ध अन्त्य हुनुपर्ने र त्यसकालागि बातावरण बनाउन समेत आह्वान गरिरहेका छन् ।
तनाव बढाएर युद्ध भड्काउनेभन्दा पनि शान्तिको बाटोमा अघि बढाउन विश्व समुदायको चाहना व्यक्त भएको देखिन्छ ।
पछिल्लो पटक अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र जर्मन विदेशमन्त्री एनालेना बेरबकले संयुक्त वक्तव्यमार्फत् गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । खासगरी अमेरिका र यसका युरोपेली सहयोगीहरूले हमास नेता सिनवार मारिएपछि युद्ध अन्त्य गर्नुपर्ने मत राखेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपछि जो बाइडेनले पनि अब इजरायलले युद्ध रोक्नु उपयुक्त हुने धारणा राखेका थिए ।
त्यस्तै, हालै बेलायती प्रधानमन्त्री केयर स्टर्मरले पनि बर्लिनमा भएको पत्रकार सम्मेलनमा यस अवस्थाको अधिकतम फाइदा लिन र युद्धको अन्त्य हुने अवस्था सिर्जना गर्न अपिल गरेका छन् ।
'अब गाजामा युद्धविराम हुनुपर्छ, सबै बन्धकहरूलाई तुरुन्त र बिना शर्त रिहा गरिनुपर्छ,' उनको भनाइ थियो । तर गाजामा इजरायली गोलीबारी भने रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै