आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
विदेश

वायनाड उपचुनाव : प्रियंका गान्धीविरुद्ध भाजपाकी युवा नेता नाभ्या हरिदास

उपचुनावका लागि भारतीय जनता पार्टीका उम्मेदवारको सूची सार्वजनिक

आइतबार, ०४ कात्तिक २०८१, ०१ : १५
आइतबार, ०४ कात्तिक २०८१

नयाँ दिल्ली । भारतमा उपचुनावका लागि उम्मेदवारी घोषणा हुन थालेको छ।

भारतीय जनता पार्टीले धेरै राज्यमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएर सूची सार्वजनिक गरेको छ भने अन्य दलहरूले पनि उम्मेदवारको टुंगो लगाइरहेका छन् । 

भाजपाले आसाम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश र राजस्थानमा हुने उपचुनावका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको हो । केरलाको वायनाड सिटमा हुने लोकसभा उपचुनावका लागि कांग्रेसले यसअघि नै प्रियंका गान्धीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । त्यहाँ भाजपाले नाभ्या हरिदासलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

कांग्रेसको विरासतसँग जोडिएकी गान्धीविरुद्ध भाजपाले युवा नेतृ हरिदासलाई उम्मेदवार बनाएको हो । त्यसो त गान्धी पनि पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन् । यहाँबाट निर्वाचित भारतीय कांग्रेसका नेता तथा विपक्षी दलका नेता राहुल गान्धीले रायबरेली र वायनाडबाट चुनाव जितेकोमा रायबरेली रोजेपछि यो सिटमा प्रियंकालाई उम्मेदवार बनाउने घोषणा गरेका थिए । 

उनले छोडेपछि खाली भएको वायनाडमा उपचुनाव हुन लागेको हो । यसअघि शनिबार नै बीजेपीले झारखण्ड विधानसभा चुनावलाई ध्यानमा राख्दै ६६ उम्मेदवारको पहिलो सूची जारी गरेको थियो। 

भाजपाले राज्य प्रभारी र झारखण्डका पूर्व मुख्यमन्त्री बाबु लाल मरांडीलाई धनवार सीटबाट उम्मेदवार बनाएको छ भने झारखण्डका पूर्व मुख्यमन्त्री चम्पाई सोरेनलाई सराइकेला (एससी) सीटबाट उम्मेदवार बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप