आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

अम्बा खाँदा स्वास्थ्यलाई के फाइदा ?

आइतबार, ०४ कात्तिक २०८१, ०४ : ३०
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । अहिले गाउँघरमा कान्लातिर सबैजसोलाई मनपर्ने फल अम्बा पाक्न थालिसकेको छ । बजारमा समेत अम्बाको किनबेच हुन थालिसकेको छ ।

हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै । तर यसले कस्ता फाइदा गर्छ त ? यो लेखमा हामीले अम्बा खानुका फाइदाहरूबारे चर्चा गरेका छौँ :-

रुघा–खोकीबाट जोगाउँछ
चिसोको मौसममा रुघा–खोकीको समस्या साधारण नै मान्नुपर्छ । अम्बा र यसका पातमा भरपूर मात्रामा भिटामिन सी र आइरन हुन्छ जसले रुघा–खोकीमा आराम प्रदान गर्छ । अम्बाले प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । खोकी लाग्दा पाकेको अम्बा खानुपर्छ । त्यसैले चिसो मौसममा अम्बा खानुपर्छ । अम्बामा पाइने भिटामिन सीले आँखाको ज्योति बढाउने काम पनि गर्छ ।

मधुमेहबाट जोगाउँछ
विभिन्न शोधका अनुसार अम्बाले ब्लड सुगर नियन्त्रण गर्छ । अम्बाको पातमा अर्क इन्सुलिन प्रतिरोधी र ब्लड सुगरमा निकै प्रभावकारी पाइएको छ । खाना खाएपछि अम्बाको पातबाट बनेको चिया पिउँदा ब्लड सुगर कम हुन्छ । अम्बामा ग्लाइकेमिक इन्डेक्स कम हुन्छ जसले ब्लड सुगरको स्तरलाई बढ्नबाट रोक्छ । मधुमेहका रोगीका लागि अम्बा असाध्यै फाइदाजनक छ र यो हरेक दिन खानुपर्छ ।


मुटुरोगबाट जोगाउँछ
अम्बाले मुटुलाई पनि निकै फाइदा पुर्याउँछ । अम्बामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले मुटुलाई फ्रि रेडिकल्सबाट खराब हुनबाट जोगाउँछ । अम्बामा केरा जत्तिकै पोटासियम पाइन्छ जसले मुटुको स्वास्थ्यलाई दुरुस्त राख्छ । अम्बाको पातले रक्तचापलाई कम गर्छ र खराब कोलेस्ट्रोललाई घटाएर गुड कोलेस्ट्रोल बढाउँछ । एक शोधका अनुसार खाना खानुभन्दा अघि एउटा पाकेको अम्बा खाँदा रक्तचाप ८–९ पोइन्टसम्म कम हुन्छ ।

तौल कम गर्न प्रभावकारी
यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अम्बाभन्दा राम्रो फल कुनै हुनै सक्दैन । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ र यो खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । भिटामिन र मिनरल्सले भरपुर भएका कारण तपाईंको शरीरमा कुनै प्रकारको पोषक तत्वको कमी हुनबाट पनि जोगाउँछ । यसमा सुगरको मात्रा निकै कम हुन्छ जसका कारण मोटोपन बढ्दैन ।

कब्जियतलाई टाढै राख्छ
अम्बा फाइबरको निकै राम्रो स्रोत हो र यसको बियाँले पेटलाई सफा गर्न निकै फाइदा पुर्याउँछ । अम्बा खाँदा कब्जियतको समस्या टाढा रहन्छ । एउटा अम्बाले मात्रै तपाईंको हरेक दिनको फाइबरको आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्नसक्छ । यस्तै अम्बाको पातले झाडासमेत रोक्ने काम गर्छ । यसले आन्द्रामा भएका हानिकारक किटाणुलाई मार्ने काम गर्छ ।

क्यान्सरबाट जोगाउँछ
अम्बाको पातमा एन्टीक्यासर गुण हुन्छ । टेस्ट ट्युब र एनिमल स्टडीजका अनुसार अम्बाले क्यान्सरको कोसिकालाई बढ्नबाट जोगाउँछ । अम्बामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट जोगाउँछ । यसमा पाइने लाइकोपिन, क्वेरसेटिन र पोलिफिनोल्स पनि क्यान्सर कोसिकालाई बढ्नबाट रोक्न फाइदाजनक छ । शोधमा पत्ता लागे अनुसार अम्बाको पातको तेलमा एन्टी प्रोलिफेरेटिव पदार्थ हुन्छ जसले क्यान्सरको फैलावट रोक्न प्रभावकारी भूमिका निभाउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप