एकीकृत पार्टीको हेडक्वार्टर नौ सदस्यीय, को–को पर्लान् ?

काठमाडौं– एमाले–माओवादी एकतापछि बन्ने नयाँ पार्टीको सचिवालय नौ सदस्यीय हुने भएको छ ।
पार्टी एकताको अन्तिम गृहकार्यमा लागेका एमाले माओवादी पार्टी एकता संयोजन समितिको बिहीबार बसेको अन्तिम बैठकले नयाँ पार्टीको सचिवालय सदस्य संख्या नौ जनाको हुने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले आजै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र दुवै पार्टीको संयुक्त बैठक आजै बालुवाटारमा बस्ने निर्णय गरेको एमाले नेता इश्वर पोखरेलले बैठकपछि जानकारी दिए ।
को–को पर्छन् सचिवालयमा ?
एकीकृत पार्टीको शक्तिशाली र हेडक्वार्टर मानिने सचिवालय सदस्यमा एमालेबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र ईश्वर पोखरेल रहने अधिक सम्भावना छ भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ, नेता रामबहादुर थापा बादल रहने लगभग निश्चित भएपनि अर्का एकजनाको भने नाम टुङगो लागिनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प