कालिकोटमा मिटी ट्रक दुर्घटना, १ को मृत्यु, ३ जना घाइते
शनिबार, ०३ कात्तिक २०८१, १९ : १०
कालिकोट । कालिकोटमा मिटी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले मृतक चालक रुपन्देहीको बुटवल–१३, का हुमबहादुर खड्का रहेको रातोपाटीलाई बताए ।
सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–६ खल्ला भन्ने ठाउँमा शनिबार अपरान्ह दुर्घटनामा परेको हो । ट्रकमा रहेका अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
कालिकोट प्रहरीका अनुुसार दुर्घटनामा परी घाइते भएका तीनै जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक रावतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने