शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

तीनकुने क्षेत्रको बागमतीबाट एक ‘मेट्रिक टन’ फोहोर व्यवस्थापन

शनिबार, ०३ कात्तिक २०८१, १८ : ५७
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

‘हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ भएको सफाइमा पूर्वमन्त्री अग्नि खरेललगायत अभियानकर्मीको सक्रियता थियो । विसं २०६० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार दुई घण्टा नदी किनारमा गर्ने गरिएको छ ।

त्यसक्रममा आज तीनकुनेस्थित पुलमुनिको पाँच सय मिटर तलसम्म सफाइ गरिएको अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन् । आजको सफाइबाट उठाइएको फोहोर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । 

सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज निरन्तर चलिरहेको छ । यो महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी पनि सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ भइरहेको छ । महाअभिायनबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप