शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुरको सातदेबाटोमा बसमा आगलागी

शनिबार, ०३ कात्तिक २०८१, १७ : ५८
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ । शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । 

रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको बताइएको छ । तर, बस भने जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । 

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने  महानगर यातायातको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिएका छन् ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको पौडेलले जानकारी दिए । 

बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । प्रहरीले आगालगीको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप