शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की

शनिबार, ०३ कात्तिक २०८१, १७ : ५१
शनिबार, ०३ कात्तिक २०८१

सिड्नी । सिड्नी एयरपोर्टमा एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो ।

फ्लाइट एनजेड–२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजिल्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि गर्यो ।

“हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं” एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप