शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपाको रुकुम पश्चिम कार्यसमिति चयन, सभापतिमा शाही

शनिबार, ०३ कात्तिक २०८१, १७ : ३४
शनिबार, ०३ कात्तिक २०८१

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रुकुम पश्चिम जिल्ला सभापतिमा इञ्जिनियर मानबहादुर शाही चयन भएका छन् ।

शनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो । सभापति बनेका शाही यसअघि लामो समय माओवादी केन्द्रमा आबद्ध थिए ।

 यस्तै उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह–सचिव मना खडका गिरी र कोषाध्यक्षमा रमिता खड्का चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा शान्ति गिरि, प्रबिन बुढाथोकी, निरज गिरि, चन्द्र बहादुर वल, पवन वली, सुनिल मल्ल र दीपेन्द्र बिस्ट भएको सो पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप