शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा पर्साद्वारा विरोध प्रदर्शन

शनिबार, ०३ कात्तिक २०८१, १६ : ०७
शनिबार, ०३ कात्तिक २०८१

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगन्जमा ओली सरकारको विरोधमा प्रदर्शन गरेको छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको हो । 

‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता, शान्तिपूर्ण र्‍याली’ को ब्यानरसहित जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा निकालिएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

पन्तले राजनीतिक प्रतिशोध साँधेर सरकारले सभापतिलाई पक्राउ गरेको भन्दै  पार्टीले निः सर्त रिहाइको माग गरेको बताए । 

सहकारी ठगी प्रकरणमा शुक्रबार लामिछाने काठमाडौँमा पक्राउ परेका थिए भने हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप