शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्रान्सेली विदेश मन्त्री युक्रेनमा

शनिबार, ०३ कात्तिक २०८१, १५ : ५७
शनिबार, ०३ कात्तिक २०८१

किएभ । फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ आइपुगेका छन् । 

फ्रान्सेली विदेश मन्त्री ब्यारोट किएभमा रहँदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रबार बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि सङ्कटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सययात्रा जनाउनु रहेको उल्लेख गरेका थिए ।  
  
उनले यस अघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप