सहकारी ठगी प्रकरण
सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त श्रेष्ठ
शनिबार, ०३ कात्तिक २०८१, १४ : ४२

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गरे ।
उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने बताउँदै अरू दल र रास्वपामा फरक रहेको बताए । आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको उल्लेख गरे । गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै