जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घकाे बैठक अजरबैजानमा हुने
शनिबार, ०३ कात्तिक २०८१, १४ : २१
बाकु । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसङ्घको २९ औँ वार्षिक बैठक अजरबैजानको बाकुमा हुने भएकाे छ । साे बैठक नोभेम्बर ११ देखि २२ सम्म हुने भएकाे हाे ।
बैठकमा विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले कोप–२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाउने छ । डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वर्ल्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिने भएका छन् । डब्लुटीओले वेबसाइटमार्फत कोप–२९ को बारेमा जानकारी प्रदान गर्नेछ ।
जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवर्द्धन गर्न तथा व्यापार नीतिहरूको महत्त्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा आजदेखि मस्तिष्कघातसम्बन्धी दुईदिने मास्टर क्लास गर्दै न्यूरोलोजिष्ट
-
महायज्ञका नाममा जातीय विभेद प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन
-
समर्थकका लागि गृहनगरमा ‘फ्यान पार्क’ को व्यवस्था गर्दै धनगढी एफसी
-
LIVE UPDATES : काठमाडौँमा एकसाथ दुई पक्षीय प्रदर्शन, सबै अपडेट रातोपाटीमा
-
सुदूरपश्चिम प्रदेशको राजधानी साढे ६ वर्षदेखि घोषणामै सीमित, किन भयो अलपत्र ?
-
अघिल्लो जितबाट उत्साही चेन्नई र बेंगलुरु आपसमा भिड्दै