शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

‘डान्स च्याम्पियन सिजन २’ को फाइनलमा रोमिया

शनिबार, ०३ कात्तिक २०८१, १३ : २३
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’को फाइनलमा पुगेकी रोमिया भट्टराई ११ वर्षकी मात्रै भइन् । नृत्यकला तारिफ गर्दै अहिले उनलाई जिताउनका लागि अभियान चलिहरेका छन् । 

कात्तिक १० गते हुने फाइनलमा उनलाई जिताउनका लागि अभियान सञ्चालन गरिएको हो । नुवाकोट तारकेश्वर-४ कि रोमिया शोकै कान्छी प्रतियोगी भएको बताइएको छ । 

नुवाकोट लगायत हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरूमा समेत नाम कमाएकी उनलाई जिताउन इभेन्ट एन्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ ।

रोमियासँगै फाइनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् । उनीहरुका लागि समेत जिताउनका लागि अभियान सञ्चालन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप