इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
शनिबार, ०३ कात्तिक २०८१, १२ : ३५

गाजा । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विष्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ ।
इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् । सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो ।
गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५०० पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प हुन सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री