भारतीय विमानमा एक हप्तामा २३ वटा बम राखिएका धम्कीका घटना
नयाँ दिल्ली । शुक्रबार राति भारतका दुई एयरलाइन्सका विमानमा बम राखिएको धम्की आएपछि फरक फरक स्थानमा आपतकालीन अवतरण गरिएको छ । एयर इन्डिया एक्सप्रेस ((IX-196)) र विस्तारा एयरलाइनसको जहाजमा बम राखिएको धम्की आएको हो ।
बम राखिएको धम्की आएलगत्तै दिल्लीबाट लन्डन उडान भरिरहेको विस्ताराको फ्लाइटलाई फ्र्याङ्कफर्ट डाइभर्ट गरिएको छ । त्यस्तै १८९ यात्रु लिएर दुबईबाट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमान पनि जयपुरमा आपतकालीन अवतरण गरिएको छ । अनुसन्धानका क्रममा दुवै विमानमा शंकास्पद वस्तु भने फेला नपरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
पछिल्लो एक हप्तामा भारतीय विमानमा बम राखिएका धम्कीका २३ वटा घटना भएका छन् । बम राखिएका धम्की बढ्न थालेपछि केन्द्र सरकारले अक्टोबर १६ मा उडानहरूमा एयर मार्शलहरूको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो भने गृह मन्त्रालयले उड्डयन मन्त्रालयसँग पनि प्रतिवेदन मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक
-
एनआरएनए तितरबितर भएको प्रति पूर्वप्रधानमन्त्री प्रचण्डको चिन्ता
-
रवि लामिछाने पक्राउको विरोधमा सुर्खेतमा पनि आन्दोलन
-
माइतीघरमा पनि रवि लामिछानेको समर्थनमा प्रदर्शन (तस्बिरहरू)
-
रविलाई सक्न पाए रास्वपा सिध्याउन सक्ने कांग्रेस एमालेको दिवास्वप्न छ : उपसभापति अर्याल
-
सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको खमेनीको घोषणा