शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा सहकारी पीडित र रास्वपा कार्यकर्ता आमनेसामने, दुवै पक्ष प्रदर्शनको तयारीमा

शनिबार, ०३ कात्तिक २०८१, ०९ : ४०
शनिबार, ०३ कात्तिक २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेसँगै पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितहरू आमनेसामने हुने भएका छन् । रास्वपा कार्यकर्ताले लामिछानेको पक्राउ विरुद्ध प्रदर्शनको तयारी थाल्दै गर्दा सहकारी पीडितहरूले पनि सडक सङ्घर्ष थाल्ने भएका छन् । 

रविको समर्थनमा रास्वपाले मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्दै छ । सहकारी पीडितहरूले पनि गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

सहकारी पीडितहरूले सामाजिक सञ्जालमा गैह्रापाटनमा उपस्थित हुने सूचना पोस्ट गरिरहेका छन् । गैह्रापाटन जिल्ला प्रहरी कार्यालय भएको ठाउँ हो । 

जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गर्दै आएको छ । दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप