शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
गोरखकाली रबर उद्योग : के थियो, के भयो ? (तस्बिरहरू)
उद्योगधन्दा

गोरखकाली रबर उद्योग : के थियो, के भयो ? (तस्बिरहरू)

शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगको रूपमा स्थापित यस उद्योगले वि.सं. २०५० को दशकदेखि व्यावसायिक रूपमा उत्पादन थालेको भएता पनि हाल पूर्ण रूपमा बन्दको अवस्थामा रहेको छ । 

मित्र राष्ट्र चीनको सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै, यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठुलो टेवा पुर्‍याएको थियो ।

सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो । ट्रकका लागि १२ प्रकारका, जिप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो । 

करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैङ्क, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरुको साझेदारी रहेको देखिन्छ ।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरुसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो । 

Gorakhkali Rubber Industry-150

नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरूमा निर्यात हुन्थ्यो । नेपालको काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठुला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो ।

Gorakhkali Rubber Industry-153

तर विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौँ रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ । उद्योगका मेसिनहरुमा खिया लागेको छ । हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केहि सुरक्षागार्ड राखिएको छ । 

Gorakhkali Rubber IndustryGorakhkali Rubber Industry-151Gorakhkali Rubber Industry-152Gorakhkali Rubber Industry-154Gorakhkali Rubber Industry-155Gorakhkali Rubber Industry-156Gorakhkali Rubber Industry-158Gorakhkali Rubber Industry-159Gorakhkali Rubber Industry-160Gorakhkali Rubber Industry-161Gorakhkali Rubber Industry-162Gorakhkali Rubber Industry-163Gorakhkali Rubber Industry-164Gorakhkali Rubber Industry-165Gorakhkali Rubber Industry-166Gorakhkali Rubber Industry-167Gorakhkali Rubber Industry-168Gorakhkali Rubber Industry-169

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया