शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

रविको ३ मिनेटमा स्वास्थ्य परीक्षण, भने–अनुसन्धानमा सघाउँछु

शनिबार, ०३ कात्तिक २०८१, ०८ : ३४
शनिबार, ०३ कात्तिक २०८१

पोखरा ।  शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पोखरा ल्याइएको छ । उनलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण गरिएको छ । 

लामिछाने इमरजेन्सी वार्डमा छिरेको ५ मिनेटमै निस्किएका थिए । रविसँगै उनकी श्रीमती निकिता पौडेल र रास्वपाका नेता कार्यकर्ताहरू पनि इमरजेन्सी वार्डमा सँगै छिरेका थिए भने अन्यलाई प्रवेश रोक लगाइएको थियो । 

स्वास्थ्य परीक्षण गराएर फर्किएपछि रविले पत्रकारसँग अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । ‘यो केसमा मैले धेरै भनिसकेको छु । अब अनुसन्धानलाई सघाउने काम गर्छु । कसैलाई केही भन्नु छैन,’ उनको छोटो प्रतिक्रिया थियो । 

पोखरा आउँदा सडक रोज्नुको कारण चाहिँ बाटो हेर्नका लागि यस्तो गरेको उनले सुनाए । ‘बाटो हेर्नुपर्‍यो भनेर आएको,’ सडकबाट किन आउनुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो । लामिछानेलाई आइतबार मात्रै अदालतमा पेस गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप