रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, प्रहरी कार्यालय अगाडि जे देखियो (तस्बिरहरू)
_NLd5wxU6KJ.jpg)
पोखरा । शुक्रबार काठमाडौँबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा लगिएसँगै सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाइएको छ । लगत्तै उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हिरासतमा राख्नुअघि रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको थियो ।
यस्तै सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए । यस्तै समर्थकले कास्की प्रहरी कार्यालय अगाडि समेत नाराबाजी गरेका थिए ।
सो क्रमका केही तस्बिरहरू हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत